नेपालगन्ज, गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ । दोश्रो हप्तामा प्रदर्शनरत चलचित्रले आज सनिवार पनि दर्शकहरुबाट गजबको साथ पाएको छ । चलचित्रले आजपनि देशभरीका हलहरुमा राम्रो ब्यापार गरेको छ ।
मोफसल नेपालगन्जमा पनि चलचित्र हेर्ने दर्शकको संख्या यथावतनै रहेको छ । आज पनि चलचित्रले पाएको शोज हरुमा दर्शक भरी भराउनै देखिए ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रले समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र कसरी समाजमै रहेका ब्यक्तिहरुबाट यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ । समाजिक कथा भएकै काराणले पनि चलचित्रको कथाबस्तु र प्रस्तुतिकरणलाई दर्शकले मन पराएका छन् ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा रमा थपलिया,सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको अभिनय रहेको छ ।
बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रलाई वितरण गरेको छ।