Close sidebar

संवाद रहित चलचित्र ‘ऐँचो पैँचो’ को दमदार टिजर सार्वजनिक

असार २२, २०८०

निर्मात्री कृषा चौलागाईंले निर्देशित चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक भएको छ । चलचित्रले राजनीतिक र प्रेमकथाको विषयलाई उठान गरेको टिजर हेर्दा बुझिन्छ ।

सार्वजनिक संवादरहित टिजरमा ब्याकग्राउन्ड म्यूजिक र कलाकारको लोक्स र अभिनय सशक्त देखिन्छ ।

टिजर

आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशिल सिटौला, कोशिश क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको पनि अभिनय रहेको छ ।

केपी फिल्मस्को प्रस्तुति रहेको चलचित्रका छायाँकार पुरुषोत्तम प्रधान हुन् । प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह-निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पार्श्व संगीत, सत्यम रानाको भी.एफ.एक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशन, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया