Close sidebar

झुण्डिएको अवस्थामा मृत भेटिए अभिनेता सारुक ताम्राकार

असार २२, २०८०

अभिनेता शारुक ताम्राकारको निधन भएको छ। ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। ताम्राकार गएराती ११ बजे घरको भर्‍याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिषर काठमाडौंले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ। उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा थिए। उनले बिहिवार सम्म सो चलचित्रको छायांकन गरिरहेका थिए। उनले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए।

उनको निधनको खबरले चलचित्र क्षेत्र स्तब्ध बनेको छ । सामाजिक सञ्जालमा चलचित्रकर्मीहरुले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । शारुक कलाकार सानु ताम्राकार छोरा हुन।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया