गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । सामाजिक सन्जाल मार्फत उनको निधन भएको खबर बाहिरिएको हो। उन्को मृत्युको खबर बाहिरिए सङै यतिबेला नेपाली संगीत जगत मौन भएको छ ।
उनको निधनको कारण भने खुलाइएको छैन । तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं चलचित्रमा समेत अभिनय गरेका छन् ।
तामाङले गाएको चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् गीतहरु हुन् । साथै उनले छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौ चलचित्रमा अभिनय गरेका छन् ।