अभिनेत्री रेखा थापा र पूजा शर्माले पहिलो पटक एकसाथ काम गर्न लागेको चलचित्रको नाम सार्वजनिक भएको छ। नयाँ बन्ने चलचित्रको नाम ‘उपहार’ राखिएको छ । मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि रेखा फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको नाम सार्वजनिक गरेको हो ।
भदौदेखि छायांकन हुने चलचित्रमा रेखा र पूजासँगै अर्को एकजना अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । केही दिनमा अर्को अभिनेत्रीको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । गत वर्षको सुपरहिट चलचित्र ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘उपहार’को निर्देशन गर्नेछन् ।
निर्देशक देउजाका अनुसार चलचित्र सामाजिक विषयवस्तुमा बन्न लागेको जानकारी दिए । जहाँ तीनजना अभिनेत्री एक्सन अवतारमा प्रस्तुत गरिने छ। । अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको चलचित्रको कथा सुलक्क्षण भारतीले तयार गरेका हुन। चलचित्रको पहिलो गीत रेकर्डिङ गरिएको छ। गीतमा एलिना चौहान र बाबुल गिरीले स्वर दिएका छन् ।
‘उपहार’ नाममा दोस्रो पटक चलचित्र बन्न लागेको हो । यसअघि यो नाममा स्व. निर्देशक शिव रेग्मीले चलचित्र बनाएका थिए ।