Close sidebar

चलचित्र ‘जय हो’ को फर्स्टलुक पोस्टर सार्वजनिक,भाद्र ८ गतेबाट प्रदर्शन हुने

जेष्ठ ३२, २०८०

नेपालगन्ज– आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहिबार चलचित्रका दुई पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक दुई पोस्टरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटाको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समिर खान प्रोडक्सन डिजाइनर रहेको चलचित्रका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया