Close sidebar

अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फ्रेममा देखिदै

जेष्ठ २८, २०८०

भारतीय चलचित्रका दुई दिग्गज अभिनेता अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फ्रेममा देखिने भएका छन् । इन्डियन मिडियाका अनुसार अमिताभ बच्चनले रजनीकान्तको आगामी चलचित्र ‘थलाइवर १७०’मा केमियो गर्न सक्छन् ।

रजनीकान्त हाल आफ्नो चलचित्र ‘जेलर’को सुटिङमा व्यस्त छन् । यो चलचित्रको सुटको काम सकिए लगत्तै चलचित्र ‘थलाइवर १७०’ मा देखिनेछन् । यो चलचित्र रजनीकान्तको करिअरको १७० औं चलचित्र हो भने यो चलचित्र अर्को वर्ष रिलिज हुनेछ । जहाँ अमिताभ बच्चनसँगै तमिल अभिनेता सूर्याको केमियो पनि देख्न सकिन्छ । अमिताभ बच्चन र रजनीकान्त पछिल्लो पटक सन् १९९१ को एक्सन ड्रामा ‘हम’मा सँगै देखिएका थिए ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया