नेपालगन्ज – आउदो भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र नम्बरी सुनको टिजर रिलिज गरिएको छ । २ मिनेट लामो चलचित्रको टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरिएको छ ।
सार्वजनिक टिजरमा गौरव नम्रताको प्रेम सम्बन्धमा आउने उतार चढावलाई मुख्य स्थान दिइएको छ । अभिनेता सरोज खनाल चलचित्रमा गाउँको मुखियाको भुमिकामा देखिएका छन्, भने बुद्धि तामाङलाई श्रीमती पिडित श्रीमानको रुपमा देखाइएको छ । टिजरमा देखिने अभिनेता राजराम पौडेलको कमेडी पञ्च र किरण नेपालीको भिलेन अवतारले रोचक मोडमा पुर्याउने अनुमान गर्न सकिन्छ।
नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको चलचित्रमा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ। जहाँ सरोज खाती, सविन खाती र मनोज रिजालको चलचित्रमा लगानी रहेको छ ।