Close sidebar

नेपालको पर्यटन प्रवर्धन गर्न मकाउमा भव्य कार्यक्रमको आयोजना

जेष्ठ २६, २०८०

नेपालमा पर्यटन प्रर्बद्धन सांस्कृतिक र ब्यबसायमा केही टेवा पुगोस् भन्ने उदेश्यका साथ यही मिती २०२३ जुन ३ तारिखका दिन Sofitel hotel macau मा नेपाली महावाणिज्य दुतावाश हङकङ मकाउँ Consulate General of Nepal Hongkong/macau. SAR बिशेष प्रशासनिक क्षेत्र र गैर आवाशिय नेपाली संघ मकाउँ Nrna Ncc-macau को प्रमुख आयोजक र Laligurans Association Hongkong, Brotherhood Association Macau र Macau Nepalese Bodybuilding & Fitness Association Macau को सह आयोजकत्वमा Nepal Tourism, Trade Expo & Cultural Event कार्यक्रम अत्यन्तै सौहार्दपुर्ण वातावरणमा विशेष गरी नेपाली महावाणिज्य दुतावाश हङकङ मकाउँका महामहिम वाणिज्य दुत उदय राना मगर ज्युको आतिथ्यमा विभिन्न सांस्कृतिक कार्यक्रमका माझ नेपाली र विदेशी नागरिकहरु को बाक्लो उपस्थिती मा सु-सम्पन्न भयको छ।

NRNA NCC-Macau का कार्यबाहक अध्यक्ष रुस्तम श्रेष्ठ, संस्थाका संरक्षक श्रीजन (Kingston BaBa) , Bom Limbu, Chetan Gurung र बरिष्ठ सल्लाहकार तथा निर्वाचन कमिटीका अध्यक्ष Bicken Joshi का अनुसार कार्यक्रममा संयुक्त रुपमा हङकङ र मकाउँलाई समेट्ने गरी यहाँ रहेका नेपाली ब्यबसाय हस्तकला परम्परागत तथा मौलिक नेपाली ब्यापारमा थप उर्जा प्रदान गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष समस्टिगत रुपमा नेपाललाई नै प्रतिनिधित्व हुने गरी यस कार्यक्रम मार्फत स्वत-स्फुर्त रुपमा प्रस्तुत गरिएको बताए।

Nrna Ncc-Macau को Media Co-ordinator को प्रमुख भुमिका निर्बाह गरेका -Wynn Macau CCTV Operator’ उत्सब सापकोटाले कार्यक्रमको उदेश्य र बिषयका बारेमा स्थानिय मिडिया समक्ष आफ्न भनाइ प्रस्तुत गरेका थिए।

बिशेषगरी नेपाली राजस्वको श्रोत पर्यटनलाई नेपालको प्रमुख उद्योगका रूपमा लिरहँदा पर्यटक समक्ष हामी हाम्रो तर्फबाट पनी नेपाली झल्किने गरी बुद्धको भुमी, दश उच्चतम हिमाल, पवर्तारोहण, सांस्कृतिक विविधता, धार्मिक र भौगोलिक वातावरणिय विविधताहरु लगायत संक्षिप्त रुपमा नेपालका प्रमुख पर्यटक श्रोतहरु लाई यस कार्यक्रम मार्फत विश्व जगतमा नेपाललाई सुक्ष्म रुपमा भयतापनी जोडेर सिङ्गो नेपालको पर्यटनमा थप उजागर गर्नेछ भन्ने बिश्वाश लिएको आयोजकले बताएको छ।

कार्यक्रममा अतिथीका रुपमा Vip Guest फ़िल्पीन Philippine महावाणिज्य दुत मकाउँ Consulate General of Macau Hongkong/ Myanmar, महावाणिज्य दुत मकाउँ हङकङ र मकाउँ विशेष प्रशासनिक क्षेत्र जनवादी गणतन्त्र चिनका विधानसभा उपाध्यक्ष डेपुटी Jose Maria Pereira Coutinho (Commander), मकाउँ र पोर्चुगल बिच आर्थिक ब्यापार सहयोगको लागी फोरमका स्थायी सचिवालयका उपमहासचिब Miss Rita Botelho de Santosh ( Commander), मकाउँको आर्थिक सांस्कृतिक र वाणिज्य तथा व्यापार प्रर्बदन गर्ने संघका संस्थापक अध्यक्ष पोर्चुगिज मुलका मकाउँ नागरिक Luis Nunes, अर्न्तराष्ट्रिय ब्यापार केन्द्रका अध्यक्ष तथा चिनमा SDM का लागी बिशिष्ट संवाददाता Vitorio Rosario Cardos Maderia, मकाउँ सहासभा उपाध्यक्ष Carlos Rui Pires Marcelo लगएतको उपस्थिती रहेको थियो।

नेपाली समाज मकाउँका अध्यक्ष युबराज न्यौपाने ज्युले अतिथी पाहुँना हरुको स्वागत सत्कार सहित आर्थिक सहयोग उपलब्ध गराउँनु भएको थियो। त्यसै गरी कार्यक्रमको सफलताको कामना गर्दै Top Builder Group Ltd का Director Tam Hon Cheong Forest ज्युले डाइमण्ड प्रायोजन गर्नुभएको थियो। भने मकाउँ स्थित Macau Overseas Workers Association का President Lorenzo Lameiras ज्युले पनी सहयोग उपलब्ध गराउनु भएको थियो।

सहयोग गर्ने क्रममा हङकड निवाशी नेपाली र मकाउँ मा कार्यरत नेपालीहरुको ब्यक्तिगत तथा संस्थागत तर्फबाट पनी आर्थिक सहयोग उपलब्ध भएको थियो एक ब्यापारिक मेला पनि भयकाले स्थापित विभिन्न कम्पनिहरु ले आफ्नो सेवा र सुबिधा का बारेमा स्टल सहित नेपाल एयरलाईन्स को सुबिधा र हवाई टिकट को बारेमा information desk, Singing bowl, हस्तकला, नेपाली खाध्य बस्तु जस्ता केही नेपाली मौलिकपन ब्यापार प्रदर्सन तथा Exhibition गरिएको थियो भने मकाउँमा स्थापित विभिन्न संघ संस्थाहरुले आफ्नो समाज र सास्कृतिक पहिचान झल्किने गरी नृत्य प्रदर्शन गरिएको थियो जसमध्ये लाखेनाच साँकेला झाँकी सहित नेपाली मौलिक सांस्कृतिक नृत्य प्रस्तुत भएको थियो।

उक्त कार्यकममा मकाउँमा स्थापित निम्न संघ संस्थाहरु को प्रतिनिधित्व तथा सहभागिता रहेको थियो हेड्स नेपाल मकाउँ शाखा, गुरुङ तमु समाज, मगर समाज, किरांत राई यायोक्खा समाज, सुदुरपस्चिमेली समाज, सेर्पा समाज, तामाङ घेदुङ समाज, नेवार समाज मकाऊ ,नेपाली समाज मकाउँ आदी इत्यादी को उपस्थिती का साथ आर्थिक नैतिक भौतिक रुपमा सहयोग पनी प्राप्त भएको थियो।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया