निर्देशक,कलाकार,निर्माता शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ । चलचित्र भने आउदो साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते बाट रिलिज हुँदैछ ।
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ। भने चलचित्रमा सलोन बस्नेत र पूजा शर्माको विशेष भुमिकामा अभिनय छ ।
समीर मिया सह–निर्माता रहेको कमेडी जनराको चलचित्रमा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।
एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको हो। विजय गोपाली दली प्रस्तुतकर्ता रहेको चलचित्रमा मिथुन भोटे निर्मातामा रहेकाछन् । चलचित्रको वितरण भने आरआर फिल्मसले गर्नेछ।