चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर हेर्दा चलचित्रले प्रेम,यौन,धोका अनि तेस्ले निम्त्याउने अपराधको कथालाई दर्शाउन खोजेको देकिन्छ। ट्रेलरमा शिल्पालाई ‘बोल्ड’ अवतारमा प्रस्तुत गरिएको छ।
शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको प्रमुख भूमिका रहेको चलचित्र आउदो असार १५ गतेदेखि नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन तयारीमा रहेको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन्। भने उनकी आमा शर्मिला पाण्डे चलचित्रकी निर्मात्री हुन् । दीपेन्द्र के. खनालको लेखन रहेको चलचित्रमा एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय रहेको छ। चलचित्रका छायाँकार भने निरज पाण्डे हुन् ।