नेपालगन्ज; इन्डो–नेपाली चलचित्र ‘परस्त्री’को पोष्टर सार्वजनिक भएको छ । सुरज पाण्डेको डेब्यू निर्देशन रहेको चलचित्रलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्।
चलचित्रलाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री सिल्पालाई बाथटपमा रगतमा नुहाइरहेको देख्न सकिन्छ।
चलचित्रमा शिल्पाका अलावा कोशिस क्षेत्री,गौरव बिष्ट,अलिसा क्षेत्री,आशान्त शर्माको पनि अभिनय रहेको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको यो चलचित्र असारको १५ गतेबाट रिलिज हुनेछ । पोष्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् ।