Close sidebar

उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’को छायांकन सकिदै

बैशाख २२, २०८०

उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘दुई कदम’को ८० प्रतिशत भन्दाबढी छायांकन सकिएको छ । फिल्मको हाल पूर्वका धनकुटा, तेह«थुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ । दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बुको निर्माण छ ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ ।

फिल्मका निर्देशक सुब्बाले दर्शकलाई एउटा राम्रोा प्रेमकथाको फिल्म दिनका लागि आफूहरुले मेहनत गरिरहेको बताए । अभिनेता पहारीले धेरै समयपछि अलिक फरक किसिमको प्रेमकथाको फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताए । विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य छ । फिल्म भदौमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया