काठमाडौँ । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘नम्बरी सुन’ भदौ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउएन भएको छ । निर्देशक गिरीले चलचित्रको प्रदर्शन भदौ १ गते तय भएको बताएका छन् । गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मान महर्जन लगायत कलाकारको मुख्य अभिनय रहेको चलचित्रका प्रस्तुतकर्ता नारायण खाती हुन् ।
काठमाडौँ, लम्जुङ्गको भुजुङ्ग गाउँ लगायतका स्थानमा छायांकन भएको चलचित्रमा प्रस्तुतकर्ता खातीकै कथा रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । ‘नम्बरी सुन’ मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य,दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व रहेको छ ।