Close sidebar

उच्च अदालत पाटनले ‘प्रसाद २’ को प्रदर्शनको बाटो खोलिदियो

चैत्र २७, २०७९

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को रिलिज हुने बाटो खुलेको छ । उच्च अदालत पाटनले उक्त चलचित्रको रिलिज रोक्न केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर चलचित्रको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको चलचित्र विकास बोर्डका कानुन व्यवसायी ताराकुमार श्रेष्ठले जानकारी दिए ।

‘रिटबाट चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन’ उच्च अदालतको आदेशमा भनिएको छ । यसअघि चलचित्र प्रसाद २ को प्रदर्शन मिती चैत्र २४ मा हुने तय भएको थियो । तर केशव पाण्डेले दायर गरेको रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण प्रदर्शन रोकिएको थियो ।

सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो भने, चलचित्रमा सुदर्शन बस्नेतको लगानी र कार्यकारी निर्माताको रुपमा सुवास थापा रहेका छन्। चलचित्रमा विपिन कार्की र केकी अधिकारीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको अभिनय रहेको छ। रंग पत्रकार सुशिल पौडेलको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया