Close sidebar

‘ज्याकी: आई एम ट्वान्टी वान’को पहिलो गीतमा धिरज र जसिता रोमान्टिक मुडमा

चैत्र ३, २०७९

काठमाडौँ। बैशाखको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’को सामाग्रीले दर्शकलाई एकपछि अर्को रुपमा सरप्राइज दिइरहेका छन् । चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै यस चलचित्रप्रति दर्शकको उत्सुकता पनि ह्वात्तै बढेको छ ।

टिजर र फस्टलुक पोष्टरपछि यो चलचित्रको निर्माणपक्षले पहिलो गीत सार्वजनिक गरेको छ । ‘कथा’ बोलको गीत आईप्लेक्स मलमा रहेको वान सिनेमाज्मा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।

सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्य समेत गरेका थिए । यो गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ ।

भिडियोमा मुख्य कलाकारद्धय धिरज र जसितालाई फिचरिङ गरिएको छ । उनीहरु गीतमा केही रोमान्टिक देखिएका छन् । यो फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो । सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको फिल्मलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । फिल्मलाई डान्स ड्रामा भनिएको छ ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । फिल्ममा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत छ ।

कार्यक्रममा बोल्दै नायक धिरज मगरले आफ्नो लागि ‘ज्याकी: आई एम ट्वान्टी वान’ करिअरकै विशेष फिल्म भएको बताए । यस्तै, नायिका जसिता गुरुङले एउटा फिल्मका लागि ३ बर्ष समय दिएको र फिल्मको लागि गरेको मिहिनेत संझदा खुशी लाग्ने बताइन् ।

निर्देशक रेनशाले गाह्रो काममा नै आफूलाई हात हाल्न मन लाग्ने भन्दै ‘ज्याकी: आई एम ट्वान्टी वान’ निर्माण गर्नु चुनौतीको बिषय भएको बताइन् । तर, फिल्मको बिषयमा आफूले सधै फरक सोच्ने भएकाले डान्सको कथा जन्मिएको उनको भनाई छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया