Close sidebar

पशुपतिनाथ मन्दिरमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को मुहूर्त

चैत्र ३, २०७९

०७३ सालको व्यावसायिक सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन लागेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को मुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै चलचित्रको मुहूर्त गरिएको थियो । मुहूर्त समारोहमा चलचित्रका निर्देशकदेखि कलाकार विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए ।

चैत १० गतेबाट छायांकनको फ्लोरमा जाने चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । लामिछाने चलचित्रका निर्माता पनि हुन्। निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने चलचित्र टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ ।

‘पशुपति प्रसाद’मा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन चरित्रमा केन्द्रित रहेर चलचित्रको कथा कोरिएको अनुमान लगाउन सकिन्छ। खगेन्द्र अनुसार ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई चलचित्रमा प्रस्तुत गरिने बताइएको छ । चलचित्र आउने बडा दशैंको फूलपातीबाट प्रदर्शनमा आउने घोषणा निर्माण टिमले गरेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया