नेपालगन्ज – चलचित्र ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको दिन देखीनै आक्रमक ब्यापार गरिरहेको छ । प्रदर्शनको दिन देखीनै अधिकांश हलहरुमा हाउसफूलको व्यापार गरिरहेको चलचित्रको ब्यापारमा उछाल आएको छ । चलचित्रले प्रदर्शनमा आएको दिन देखि आज सम्म नेपालमा मात्रै १५ करोड भन्दा माथीको ब्यापार गरिसकेको छ ।
मोफसल नेपालगन्जको हकमा चलचित्रले आज सम्म पनि हाउसफुल नजिक र हाउसफुलको व्यापार गरिरहेको छ । दर्शकको बाक्लो उपस्थिति देख्दा नेपाली चलचित्र प्रती दर्शकको मोह उल्लेखनीय रहेको हलका म्यानेजर सन्जिब शाक्यले बताए।
प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको चलचित्र छक्का पन्जा ४ ले नेपालगन्ज बाट मात्रै ५० लाख भन्दा बढीको ब्यापार गरिसकेको छ । आज सनिवार पनि दर्शकको बाक्लो उपस्थिति रहेको चलचित्रको ब्यापार ६० लाख भन्दा माथी पुग्ने अनुमान रहेको शाक्यको भनाई छ ।
चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, राज आचार्य, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक हेमराज विसीले निर्देशन गरेका हुन् ।