Close sidebar

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक

पुस ४, २०७९

काठमाडौं –  निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा प्राय मुख्य कलाकारहरु अटाएका छन् । विपिन र अरुणा दम्पतिको भूमिकामा देखिएका छन् ।

ब्याकग्राउण्डमा बज्ने सुरिलो संगीतले चलचित्रको कथासार भन्ने प्रयास गरेको छ ।चलचित्रमा विपिन र अरुणासंगै  दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ ।

जोश हेरुमको छायांकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ । चलचित्र यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया