Close sidebar

चलचित्र “प्रेमगन्ज” बलीउड सैलीमा बेनिशाको बोल्ड आइटम डान्स

जेष्ठ १०, २०७९

अभिनेत्री बेनिशा हमालको आइटम डान्स सार्वजनिक भएको छ। चलचित्र प्रेमगन्जमा समावेश ‘तरवार’ बोलको गीतमा बेनिशा निकै बोल्ड देखिएकी छिन्। गीतमा पुरुषोत्तम ढुंगेलको शब्द र किरण भुषालको संगीत रहेको छ। दीक्षा जे थापा र सुरज शाही ठकुरीले गीतमा आवाज भरेका छन्।

बोल्ड बेनिशासंग भिडियोमा सन्जोग रसाईली फिचर रहेका छन्। ‘डी वाइल्ड रिपर्ज क्रु’ ले भिडियोको कोरियोग्राफी गरेको छ।

परिच्छेद सेनको निर्देशनमा तयार भएको चलचित्रमा बेनिशा हमाल, तेज गिरि, सम्पदा बानियाँको साथमा नव कलाकार प्रशान श्रेष्ठ, सुप्रिया खनाल, सिमरन खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया