Close sidebar

रेखा र बलरामलाई “बैबाहिक जीवनको शुभकामना” ।

फाल्गुन २, २०७८

अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन् । उनले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् । १ वर्षदेखि चिनजानको दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् ।

रेखाले अदालतमा दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको बताइन् । ‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निणर्य गरेका हौँ । बलराम शाही इजरायलमा बसोबास गरिरहेका छन् । उनी पर्यटन व्यवसायी हुन् ।

रेखाको पहिलो विवाह निर्माता छविराज ओझासँग भएको थियो । १० वर्षअघि उनले छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । रेखाले केही समय पहिलेदेखि विवाहको मुडमा रहेको संकेत गरेकी थिइन् । हिरो फिल्मबाट अभिनयसुरु गरेकी उनले करिब डेढ सय बढी फिल्महरुमा अभिनय गरेकी छिन् । रेखा राप्रपा पार्टीसँग आबद्ध छिन् । रेखा र बलराम बैबाहिक जीवनको शुभकामना ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया