नेपालगन्ज -अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीको जोडीले ‘ह्रस्व दीर्घ’ नामक चलचित्र बनाउने भएका छन् । चलचित्रलाई नीताले निर्देशन गर्नेछिन् । चलचित्रमा हरिहर र नीताको जोडी रहनेछ । चलचित्रका लागि हाल लोकेसन खोजी र स्क्रिप्टको काम भइरहेको छ । स्रोतका अनुसार चलचित्रको छायांकन आगामी वर्षको भदौबाट सुरु गर्ने योजना निर्माणपक्षको छ ।
नीता र हरिहरले चलचित्रको काम अगाडि सिरिज ‘श्रीमद्भावगत गीता’को छायांकन गर्नेछन् । सिरिजको छायांकन जेठबाट सुरु हुनेछ । हरिहरले सञ्चालन गरेको नयाँ शो र एक भजन गीतको भिडियोको निर्देशन नीताले गरेकी हुन् ।