नेपालगन्ज – यही फागुन १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘म यस्तो गीत गाउँछु २’ समुहले दर्शकलाई भ्यालेन्टाइन्स डे को उपहार ल्याएको छ । नायक पल शाह र नायिका पूजा शर्माले आफ्नै सम्झी परेली रोमान्टिक गीतको भिडियो प्रेम दिवसको उपहार ल्याएका हुन् ।
भिडियो हेर्नुहोस् :
सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत र एरेञ्ज छ । गीतमा स्वर सुरेश लामा र अस्मिता अधिकारीले दिएका छन् । सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।
सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यही फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा समावेश तिम्रो घरको वरिपरी गीत हिट भैसकेको छ । प्रदर्शन मिती तोकिएसँगै निर्माण टिमले प्रचारलाई तिव्रता दिइरहेको छ ।