अभिनेता सुशांत सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिज्मको प्रश्न सबैभन्दा बढी उठ्ने गरेको छ । नेपोटिज्मका कारण प्रतिभावान कलाकारहरु पछाडि परेको बहस भइरहेको बेला चर्चित अभिनेता गोविन्दाकी छोरी टीना आहूजाले आफूले पिताबाट कुनै प्रकारको प्रोफेसनल मद्दत नलिएको बताएकी छन् । आफ्नो योग्यताको आधारमा फिल्म मिलिरहेको उनको भनाई छ ।
आफूलाई नेपो-किड भन्न नमिल्ने बताउँदै उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘पिताले कहिल्यै मेरो लागि फिल्म अफर गर्न कसैलाई सिफारिस गर्नुभएन । मैले पनि उहाँलाई रेफरेन्स लगाउन भनिनँ । तर, जुन दिन मलाई कुनै चिजको आवश्यकता पर्छ, त्यो दिन उहाँ मेरो साथमा उभिनु हुनेछ । म नेपोटिज्मको प्रोडक्ट हुन्थेँ भने अहिलेसम्म ३०/४० वटा फिल्म गरिसकेको हुन्थेँ ।’
टीनाले २०१५ मा फिल्म ‘सेकेन्ड ह्यान्ड हस्बेन्ड’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसमा उनको अपोजिटमा गिप्पी ग्रेवाल थिए । तर, फिल्म बक्सअफिसमा आएको गएको थाहा भएन ।