Close sidebar

लक्की मिडियाद्वरा विपिन र आँचललाई सम्मान

फाल्गुन ८, २०७७

अभिनेता विपिन कार्की र अभिनेत्री आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । बुधवार लक्की मिडिया हाउसको पांँचौ बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । नेपाली फिल्म क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विपिन र आँचललाई सम्मान गरिएको लक्की मिडियाका महाप्रबन्धक हरी कार्की ‘लक्की’ ले जानकारी दिए । 

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांंग्रेसका केन्द्रीय सदस्य गगन थापा, बरिष्ठ कलाकार तथा निर्देशक नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक कार्कीले विपिन र आँचललाई संयुक्त रुपमा सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी र खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।  

कार्यक्रममा चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’, नेपाली कांंग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारी, कांग्रेसका नेता राजकुमार राजभण्डारीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा झमक घिमिरेद्वारा लिखित पुस्तकमा निर्मित फिल्म ‘जीवन काँडा की फूल’ प्रदर्शन गरिएको थियो । 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया