नायक पुष्प खड्का र नायिका पूजा शर्माको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।