चलचित्र ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘रुमालै बाटेर’ बोलको लोक लयको गीतमा नायक पुष्प खड्का, नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र कलाकार सन्दिप क्षेत्री फिचर्ड छन् । सुवास भूषालको संगीत रहेको गीतमा बि पाण्डेको शब्द छ । एरेञ्ज उदयराज पौडेलको छ । स्वर जगदिश समाल र मेलिना राईले दिएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेको छ । भने सम्पादक भूपेन्द्र अधिकारी हुन्।
गीत हेर्नुस्
चलचित्र ‘तिम्रो मेरो साथ’मा रमेश एमके पौडेलको निर्माण/ लेखन,सविर श्रेष्ठको निर्देशन छ। चलचित्र आउदो पुष २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।