मल्टीस्टार चलचित्र ‘लाखे’ कार्तिक १८ मा प्रदर्शन हुने भएको छ । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित चलचित्र घोषित डेट भन्दा एकहप्ता पछी सरेको हो । कार्तिक ११ मा ‘महापुरुष’ आउने भएपछि डेट फेरबदल गरिएको हो । भदौ ३१ गतेलाई रिलिज तय गरिएको ‘लाखे’ प्राविधिक काम नसकिएपछि कार्तिक ११ मा प्रदर्शन हुने तयारीमा थियो । ‘मह जोडी अभिनित चलचित्रलाई सम्मान गर्दै नयाँ रिलिज डेट तय भएको हो ।
सम्राट बस्नेत निर्देशीत चलचित्रमा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी लगायतको अभिनय रहेको छ ।
सिजन अर्यालको कथा र निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रलाई सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन । औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।