नेपालगन्ज – चलचित्र ‘प्रेमगीत ३’ यस वर्षको अर्को हिट चलचित्र हो । यस भन्दा अगाडि जेठ १३ गते रिलिज भएको चलचित्र ‘कबड्डी ४’ले नेपाली बक्स अफिसमा मात्रै साढे २३ करोड रुपैयाँ ग्रस कमाएको थियो । चलचित्र ‘प्रेमगीत ३’ले भने दुई सातासम्म नेपालमा नेपाली र हिन्दी संस्करणबाट १३ करोड ग्रस कमाइ गरेको छ । प्रदीप खड्का स्टारर यो चलचित्र यस वर्ष दुई अंकको कमाइ गर्ने कबड्डी ४ पछिको दोस्रो नेपाली चलचित्र हो ।
मोफसल नेपालगन्जको हकमा चलचित्रले यो समाचार तयार पार्दा सम्म ५० लाख भन्दा माथिको ब्यापार गर्को छ । हाल चौथो हप्तामा प्रदर्शन भैरहेको चलचित्रको ब्यापार तिहारमा पनि राम्रो हुने अनुमान छ। क्युएफएस बागेश्वरी नेपालगन्जका म्यानेजर सन्जिव शाक्यका अनुसार प्रेमगीत–३ हाल दिनको एक शोमा प्रदर्शन भैरहेको छ। दर्शकको माग बढे शो बढाउन पनि सकिन्छ-शाक्यले भने ।
सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो चलचित्र दशैं छेकोमा प्रदर्शनमा आएको थियो । प्रदीप खड्का अभिनित चलक्गित्रले एकैदिन विश्वव्यापी प्रदर्शन हुने नेपाली चलचित्रको कीर्तिमान समेत रचेको थियो ।