भुटानी अभिनेत्री उगेन छोदेन विहिबार काठमाण्डौं आइपुगेकी छन् । आफू अभिनित पहिलो नेपाली चलचित्र ‘दुई नम्बरी’को प्रचार प्रसार कार्यक्रमका लागि छोदेन विहिबार काठमाण्डौं आइपुगेकी हुन्।
थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि उनी लेख्छिन्, ‘हेलो नेपाल, नयाँ खबर के छ ?’ उनी आएसँगै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गर्ने र प्रचारप्रसार अभियानलाई अघि बढाउने तयारी छ । चलचित्र यही असोज २१ गतेदेखि प्रदर्शन हुँदैछ ।
गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेको निर्माण र ‘पोइ पर्यो काले’ फेम्ड किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा उगेनले दयाहाङ राईको अपोजिटमा अभिनय गरेकी छन् भने चलचित्रमा सौगात मल्ल र उपासनासिंहको पनि अभिनय रहेको छ। चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।