Close sidebar

चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करण भोलिदेखीनै प्रदर्शन हुने,१५ प्रतिशत विकास शुल्क पनि तिर्नुनपर्ने

अशोज ६, २०७९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली चलचित्रनै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली चलचित्रको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलका अनुसार ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्रनै भन्ने निर्णय भएको बताए । ‘नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी चलचित्र भन्ने आधार देखिएन । नेपाली चलचित्रनै भन्ने निष्कर्षमा हामी पुग्यौं,’ पोखरेलले भने।

बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी चलचित्र सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो । मन्त्रालयका प्रवक्ता पोखरेलले सेन्सर विवाद र घटनाक्रमबारे अध्यक्ष केसीसँग सोधपुछ गरेको थियो । बोर्डले विदेशी चलचित्र करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । यो निवेदन लगत्तै मन्त्रालयले बोर्ड अध्यक्ष केसीलाई छलफलमा बोलाएको थियो ।

मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ । मन्त्रालयको यो निर्णयपछि अब अन्य भाषामा स्वरांकन भएर रिलिज हुने चलचित्रका लागि पनि एउटा नजीर बस्नेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया