Close sidebar

सार्वजनिक भयो ‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत

भदौ ६, २०७९

भदौ १७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत सार्वजनिक भएको छ । दशक अगाडी सुपरहिट भएको सुगम पोखरेलको गीतलाई निर्देशक सुदर्शन थापाले चलचित्रमा पुन प्रयोगमा ल्याएका हुन् ।

जेम्स प्रधानको संगीत रहेको ‘सम्हालिन्छ कहिले मन’का शब्दहरु सुयश भट्टराईले लेखेका हुन् जस्मा एरेञ्ज शैलेश डि.भट्टराईको रहेको छ । सम्हालिन्छ कहिले मनको सार्वजनिक शिर्ष गीतमा चलचित्रको त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरिएको छ । आकाश श्रेष्ठ, पूजा शर्मा र सोनमबिचको प्रेमलाई गीतमा महसुश गर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो :

महेश दवाडीले लेखेको चाल्चित्र ‘सम्हालिन्छ कहिले मन’लाई सौरभ लामाले खिचेका हुन् । एबी इन्टरनेशनलको प्रस्तुती रहेको चहलचित्रलाई अमित बस्नेत, अजित कुमार थापा र परी राना मिलेर निर्माण गरेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया