Close sidebar

जुम्लामा ‘प्रकाश’ प्रिमियर, आफ्नै ठाउँको कथा हेर्नपाउँदा स्थानीय खुशी

भदौ ६, २०७९

चलचित्र ‘प्रकाश’को जुम्लामा वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । पातारासी गाउँपालिकाको तिर्खु गाउँस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न प्रिमियरमा गाउँ बासि सङै कलाकार प्रदीप खड्का र लेखक बिकास सुवेदीको उपस्थिति रहेको थियो ।

शहरका सुबिधा सम्पन्न हलमा रेड कार्पेट बिछ्याएर गरिने प्रिमियर ‘प्रकाश’को हकमा भने भिन्न रह्यो । तिर्खु गाउँमा कुनै हल छैन । नत बिजुली नै छ । प्रोजेक्टरमा चलचित्र देखाउन निर्माण पक्ष जेनेरेटर बोकेर प्रांगणमा पुगेको थियो । तिर्खु त्यहि गाउँ हो, जहाँ ४५ दिनसम्म ‘प्रकाश’को छायांकन भएको थियो ।

प्रिमियरमा सहभागी हुन पुगेका प्रदीप र बिकासलाई स्थानीय बासिले गरेको स्वागत हेर्न लायक थियो । स्थानीय संस्कार अनुसार जुम्लेली समुदायले प्रदीप र बिकासको गलामा माला, निधारमा अबिर र शीरमा फेदा लगाइदिएका थिए ।

प्रिमियरपछि स्थानीयले चलचित्रको प्रशंसा मात्रै गरेनन् । आफ्नै ठाउँको कथा चलचित्रको पर्दामा हेर्न पाउँदा उनिहरु दंग र खुशी थिए ।

दिनेश राउतद्वारा निर्देशित चलचित्रमा प्रदीप र दियाका अलावा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीले लेखेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका छन् । चलचित्र भाद्र १० गते देखी देशैभर एकैसाथ प्रर्दशनमा आउन छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया