Close sidebar

नेपालगन्जका मेयर विष्ट र ‘प्रेमगीत ३’ कोटिमविच भेटघाट

भदौ ४, २०७९

नेपालगन्ज, आगामी असोज ७ गतेदेखि देशभर प्रर्दशनमा आउन लागेको चलचित्र प्रेमगीत ३ को टोली प्रचारप्रसारकाक्रममा नेपालगन्ज आइपुगेको छ । देश तथा विदेशमा चर्चामा रहेको नेपाली चलचित्र प्रेमगीत ३को प्रचारप्रसार टोलीले नेपालगन्जका मेयरसंग भेटघाट गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टसंग चलचित्र प्रचारप्रसार निर्देशक एवम् चलचित्रका सहायकनिर्देशक सुदिप पौडेल, आसुसेन फिल्मका मेनेजर हिमालजंग मल्ल, चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेल लगायतको टोलिले भेटघाट गरेको हो। भेटका क्रममा मेयर विष्टलाई नेपाली तथाहिन्दि भाषाका टिजर देखाइएको थियो । नेपालीहरुले हेर्नैपर्ने चलचित्र बनेको टिजर हेरेपछिमेयर विष्टले प्रतिक्रिया दिए ।

नेपाली चलचित्रले बलिउडका चलचित्रसंग प्रतिष्पर्धागर्ने अवसर पाउनु नेपालका लागि गौरबको विषय भएको उनले बताए । नेपाली उत्पादनलाईमाया गर्नुपर्ने बताउदै उनले नेपालगन्ज क्षेत्रका दशर्कहरुलाई यो चलचित्र हेर्न आग्रह समेत गरेकाछन् । नेपालगन्जमा टिमलाई स्वागत गर्दै मेयर विष्टलेसफलताको शुभकामना समेत दिए । प्रचारप्रसारका क्रममा टोली नेपालगन्जआइपुगेको चलचित्रका सहायक निर्देशक सुदिप पौडेलले बताए । ‘यस क्षेत्रबाट यसअघि पनिमाया पाउदै आएका छौ । यसपटक पनि डबल माया पाउने अपेक्षामा छौ’ उनले भने ।

प्रचारप्रसारका क्रममा पौडेल र आसुसेनफिल्मका मेनेजर हिमालजंग मल्लको टोली नेपालगन्ज आएको हो । यस क्षेत्रमारहेका फिल्महलको अवस्था जानकारी लिदै त्यस क्षेत्रका पत्रकार तथा दर्शकसंग भेटघाट रप्रतिक्रिया लिइरहेको उनीहरुले बताए । यहि क्रममा टोली आजै धनगढि गएको छ ।धनगढीमा रहेका फिल्महलको अवस्थाका बारेमा टोलीले जानकारी लिने छ । यस्तै त्यहाँकापत्रकार तथा दर्शकश्रोताहरु संग पनि भेटघाट गर्ने कार्यक्रम छ । भोली आइतबार टोली दाङ जाने कार्यक्रम छ । त्यसपछि पुर्वी क्षेत्रमा प्रचारप्रसारको कार्यक्रम रहेको छ ।

सन्तोष सेनले निर्माण गरेको चलचित्र प्रेमगीत३ यहि असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुदैँछ । सेन र छेतेनगुरुङले निर्देशन गरेको उक्त फिल्ममा नायक प्रदिप खड्काको मुख्य भूमीका रहेको छ। चलचित्रले यतिबेला बलिउड क्षेत्रमा नेपालीसिनेमाको स्तरवृद्धि गर्ने काम गरेको नेपाली दर्शकहरुले बताउदै आएका छन् । हिन्दिभाषामा समेत तयार भएको पहिलो नेपाली चलचित्र भएका कारण पनि दर्शकहरु चलचित्र हेर्नकालागि उत्साहित छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया