चलचित्र ‘परदेशी २’ मा समावेश के वर मागी फर्क्यौं बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार प्रेसमिट गर्दै प्रकाश सपुत र केकी अधिकारी फिचर्ड ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको हो ।
भिडियो :-
रमेश पौडेलको शब्द रहेको गीतमा नारायण रायमाझीको संगीत छन। गीतमा स्वर निशान भट्टराईको छ । भिडियोका कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । छायाँकन मानकृष्ण महर्जनको हो । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ दशैंमा प्रदर्शन हुँदैछ । चलचित्रमा प्रकाश र केकीसँगै दीलिप रायमाझी, प्रशान्त तामाङ र बर्षा सिवाकोटीको अभिनय छ ।
रमेश विजीको कथा र पटकथा रहेको चलचित्रलाई राजेश वंशल र नारायण रायमाझी मिलेर निर्माण गरेका हुन् । वंशल र रायमाझी मिलेर यसअगाडी निर्माण भएका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ चलचित्रहारु सुपरहिट भएका छन् ।