Close sidebar

नेपालगन्जमा “प्रकाश” जुम्लाको एक युवाको शिक्षक बन्ने सपना

साउन २७, २०७९

नेपालगन्ज : “प्रकाश” जुम्लाको एक युवा शिक्षक बन्ने सपना देख्छन्। शिक्षक बन्न उसले गरेको संघर्षलाई नै चलचित्रमा चित्रण गरिएको छ। चलचित्रमा प्रकाशको भूमिकामा अभिनेता प्रदीप खड्का लाई देख्न सकिन्छ भने प्रकाश अर्थात प्रदीपकि आमाको भूमिकामा दिया मास्केको मुख्य भूमिका रहेको छ।

हिजो बिहीबार नेपालगन्जमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा चलचित्र निर्माण टिम र कलाकारले चलचित्रमा काम गर्दाको अनुभव सुनाउदै प्रदिपले चलचित्रमा आफुले गाउँले परिवेशमा जिवन्त अभिनय गर्ने प्रयास गरेको र यो प्रयासलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको बताए ।

चलचित्रमा नायिका दिया मास्केलाई साधारण जुम्ली महिलाको पहिरनमा जती जमेको देखिन्छ तेती नै काम गर्ने बेलाको अनुभब सुनाउदा ठेट भेषभूषा र भाषामा आफुलाई प्रस्तुत गर्दा केही असहज भएपनी बास्तवमा नेपाली भाषा कस्तो र कसरी बोलिन्छ भन्ने कुरा यो चलचित्रमा हेर्न र सुन्न पाउन सकिने उनको भनाई छ । चलचित्रमा दिया प्रदिपकी आमा बनेकी छन्। उनले चलचित्रमा छोरा प्रकाशलाई शिक्षक बनाउन गरेको संघर्ष चलचित्रमा हेर्न सकिने बताएकि छ ।

चलचित्रका लेखक विकास सुवेदीले जुम्लाको युवा सरकारी विद्यालयको शिक्षक बन्ने सपनामा आधारीत रहेको बताए । लेखक सुवेदीले नेपाली चलचित्रले छुटाएको विषयबस्तु ‘प्रकाश’ चलचित्रमा हेर्न सकिने उल्लेख गरे । चलचित्र लेखनकै लागि सुवेदी ५–६ महिना जुम्ला नै बसेका थिए । कर्णाली प्रदेशको भाषा, लवज र गीत धेरै चलचित्रको पर्दामा अटाए तर नेपाली खस भाषाको उद्गम थलो जुम्लालाई फिर्चड गरिएको त्यहींको माटो, ठेट भेषभूषा र भाषामा चलचित्र ‘प्रकाश’ बनेको निर्माता महेन्द्र अधिकारीको दाबी छ। अधिकारीले चलचित्र ‘प्रकाश’ चलचित्रले पश्चिम नेपालको अवस्था चित्रण गर्ने बताए ।

दिनेश राउतद्वारा निर्देशित चलचित्रमा प्रदीपका र दियाका अलावा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र भाद्र १० गते देखी देशैभर एकैसाथ प्रर्दशनमा आउन छ।

तस्बिर – प्रदिप राजवंशी ज्यू

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया