Close sidebar

कलाकारले भरिभराउ चलचित्र ‘लक्का जवान’को कमेडी ट्रेलर रिलिज

चैत्र २२, २०७८

नेपालगन्ज – कमेडी ड्रामामा निर्माण भएको चलचित्र ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक भएको छ ।बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय रहेको छ ।

चलचित्र ‘लक्का जवान’लाई शिवहरि पौड्यालले पहिलो पटक निर्देशन गरेका हुन् ।पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रका गीतहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

अन्सुया श्रेष्ठ निर्माता रहेको ‘लक्का जवान’ मा कार्यकारी निर्मातामा किरण केसी, शिवहरी पौडेल र दीलिप रायमाझी छन् । त्यस्तै, सह-निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया