नेपालगन्ज – नव वर्ष २०७९ काे पूर्वसन्ध्यामा नेपालगन्जमा एउटा फरक प्रकारको फेशन शो आयोजना गरिने भएको छ । साईनो क्रियशन र मेकअप बाइ तारा ( एमबिटी ) काे संयुक्त आयोजनामा आगामी चैत्र ३० गते बालेगाउँ नेपालगन्जस्थित मेरो प्लानेट फनपार्कमा ” द दिभा ब्राईडल फेशन शो’ हुन लागेको हो ।

बाँकेमा रहेर मोडलिङ क्षेत्रमा केही गर्छु भन्ने सोच भएका युवतीहरुलाई थप अवसर प्रदान गर्नुका साथै स्थानिय बुटिकहरुले तयार गरेका डिजाईनिङ लुगाहरु सबैमाझ देखाउनु शो को मुख्य उद्देश्य रहेको छ । यस क्षेत्रका ३ वटा बुटिकहरुले डिजाईन गरेका लुगाहरू २० जना मोडलहरुले लगाएर र्याम्प वाक गर्नेछन् ।

सधैं मोडलहरुको बिचमा प्रतिस्पर्धा गराएर विभिन्न टाइटल दिने कार्यक्रमको मात्र आयोजना गरिरहेको यस जिल्लामै संभवतः यस्तो प्रकारको कार्यक्रम नौलो र पृथक भएको हुँदा सबैले साथ र सहयोग गर्न आयोजकले आग्रह समेत गरेका छन् ।
कार्यक्रममा शो स्टपरको रुपमा काठमाडौंबाट चर्चित मोडल परमिता आर.एल. राणा र सांगीतिक मनोरञ्जन प्रदान गर्न गायिका इन्दिरा जोशी आउँदैछिन् । साथमा स्थानीय ब्यान्ड र नृत्य कलाकारहरुको प्रस्तुती पनि रहनेछ । कार्यक्रम सञ्चालन यस क्षेत्रकै चर्चित रेडियो प्रस्तोता समिर मान श्रेष्ठ र मिस नेपालगन्ज २०१७ उपाधी विजेता दीपिका श्रेष्ठले गर्दैछन् ।
दर्शकहरुलाई कार्यक्रम हेर्न टिकट मूल्य ड्रिंक्स तथा स्न्याक्ससहित रु एक हजार र ड्रिंक्स , स्न्याक्स तथा डिनरसहित रु दुई हजार राखिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको मुख्य प्रायोजकमा सिस्टर्स बुटिक , सह प्रायोजकको रुपमा पटुकी डिजाइन्स र गोल्डेन थ्रेड बुटिक रहेका छन् । टाइटल स्पोन्सर सिंह ज्वेलर्स , हस्पिटालिटि / भेन्यू पार्टनर मेरो प्लानेट , लाईट एंड साउण्ड पार्टनरमा आर इभेन्ट , म्युजिक पार्टनर प्रिसम , ग्राफिक डिजाइनर क्रियटिभ मोशन र मिडिया पार्टनरको रुपमा नेपालगन्ज ग्यालरी , बागेश्वरी टेलिभिजन , रेडियो बागेश्वरी र दैनिक नेपालगन्जले साथ दिइरहेका छन् ।