Close sidebar

हेर्नुभयो त ? चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर !

फाल्गुन ४, २०७८

 नेपालगन्ज । चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । यही फागुन २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतलाई देखाइएको छ । अर्पणलाई भने यो चलचित्रमा तेस्रो लिंगी व्यक्तिको भूमिकामा देख्न सकिन्छ ।

यो चलचित्र दुई वर्षअघि नै रिलिज हुने पक्का भएपनि कोरोनाका कारण समस्यामा परेको थियो । यसपछि, निर्माणपक्षले बारम्बार प्रदर्शन मिति तय गरेपनि कोरोनाकै कारण चलचित्र रिलिज हुन पाएन । अब भने चलचित्र फागुन २० गतेबाट रिलिज हुने पक्का भएको निर्देशक भट्टले जानकारी दिए । एक्सन जनरामा निर्माण भएको यो चलचित्रलाई युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया