Close sidebar

थारु भाषामा ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत

फाल्गुन ४, २०७८

यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचार-प्रसारलाई आक्रामक बनाउन थालेको छ । चलचित्रको टिमले बुधवार थारु भाषाको प्रमोशनल गीत सार्वजनिक गरेको छ । निर्माण टिमले नेवारी भाषामा पनि एउटा प्रमोसनल गीत तयार पारेको छ ।  

बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द रचना तथा संगीत हो । चितवनमा खिचिएको गीतको भिडियोमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा चलचित्रका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा थारु पहिरनमा देखिएका छन् । निर्देशक सुदर्शन थापाले अन्य भाषामा पनि प्रमोशनल गीत बनाउने योजना भएपनि समय अभावका कारण थारु र नेवारी भाषामा मात्र तयार पारेको जानकारी दिए ।

पल र पूजाले भने चलचित्रमा पहिलो पटक थारु र नेवारी भाषाको गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । यी दुई गीतले थारु र नेवारी समुदायलाई सिनेमा हलसम्म आकर्षित गर्नेमा निर्माण टिम विश्वस्त देखिएको छ । गीत सार्वजनिक कार्यक्रममा पूजाले चलचित्रका लागि पल शाहको गरेको साथ-सहयोग र मिहिनेतको खुलेरै प्रशंसा गरिन् । ‘म पललाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । पलले जति चलचित्रका लागि सपोर्ट सायद अरु कलाकार भएको भए गर्दैन थिए होला । हिरो होस् त पल शाह जस्तो । कलाकार भनेको निर्मातालाई बुझ्ने हुनुपर्छ,’ पलको तारिफ गर्ने क्रममा पूजा गहभरी भएकी थिइन् ।  

चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको चलचित्रलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया