Close sidebar

‘म’ बाट निशा अधिकारीको कमब्याक

पुस २२, २०७८

नेपालगन्ज- अभिनेत्री निशा अधिकारीले अभिनयमा कमब्याक गरेकी छन् । उनी झण्डै चार वर्षपछि पर्दामा फर्किन लागेकी हुन् । उनले ‘पोखराकी काली’ छायांकन पश्चात् सन्तान हुर्काउन आफ्नो ४ वर्षको समय व्यति गरेकी थिइन् ।

अहिले आएर उनले ‘म’ शीर्षकको फिल्ममा अभिनय गर्दै अभिनयसँगै निर्माणमा समेत फर्किएको बताएकी छन् । सन्तान जन्मिएपछि निशा उनैको स्याहारमा व्यस्त भइन् । बिचमा उनले भ्लग बनाउने प्रयास समेत गरेकी थिइन्, तर उनको भ्लगलाई दर्शकले खासै रुचाएनन् भने उनी स्वयम्ले पनि निरन्तरता दिन सकिनन् ।

‘म’ केही वर्षअघि नै घोषणा भएको फिल्म हो । फिल्मको केही भाग छायांकन समेत भएको थियो । तर अहिले भने नयाँ टिमसहित फिल्मको पुनः छायांकन प्रारम्भ गरिएको छ । कामना गरौं, निशालाई यो फिल्मले दर्शकमाझ पुन स्थापित गर्न सफल होस् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया