एजेन्सी ‘स्नोड्रप्स’ नायिका किम मी सूको आकस्मिक निधन भएको छ । ३१ वर्षको उमेरमा उनको निधन भएको हो l उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । एजेन्सीले उनको मृत्युको कारणलाई लिएर कुनै पनि अफवाहमा ध्यान नदिन वा त्यसको हिस्सा नबन्न आग्रह गरेको छ । ‘हाय बाय मामा’, ‘द स्कुल नर्स फाइल्स’ र ‘युमिज सेल प्रोजेक्ट्स’ मा अभिनय गरेकी किमलाई अभिनयकी रानी भनेर पनि चिनिन्छ l यती बेला यत्रतत्र सामाजिक सञ्जालमा उनको निधन खबर छाएको छ l