नेपालगन्ज – अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘कौसीद’ टिजर सार्वजनिक भएको छ । टिजरमा मुख्य अभिनेता भोलाराज सापकोटा पिँजडामा खरायो बोकेर धुलो उडाउदै गरेको लुक्समा फिचर्ड छन् ।
टिजर –
कोभिड महामारीबीच चलचित्रको छायांकनसँगै पोस्ट प्रोडक्सनको सवै काम सकाएर टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भाष्करले बताए । उनका अनुसार चलचित्र प्रदर्शनको लागि फाइनल भैसकेको छ । तर, सिनेमा क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको सम्भावित असरलाई मध्यनजर गरेर छिट्टै नै चलचित्रको रिलिज मिति सार्वजनिक गरिने जनाएका छ ।

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ आधारित कथामा बनेको चलचित्रको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव चित्रण गर्छ । चलचित्रमा भोला र ऋचाका अलवा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । चलचित्रका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह निर्मातामा लक्ष्मण बानियाँ छन् ।
बड पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक भाष्करकै पटकथा र कथा लेखनमा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले सघाएका छन् । निसाल पौडेलले छायाँकन गरेको चलचित्रमा मित्र गुरुङ र भीम विश्वकर्माको सम्पादन छ ।