नेपालगन्ज – कोरोना महामारीका बीच निर्माण घोषणा गरिएको सिनेमा हामी तीन भाईको गीत रेकर्डिङ गरिएको छ । साप शक्तिको संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी स्यवंम संगीतकार शक्तिले स्वर दिएका छन् । ए प्लस स्टुडियोमा रेकडिङ्ग गरिएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका हुन् । सिनेमाका विशेष सहायोगीमा शम्भु कुमार केसी छन् । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको सिनेमामा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । भने सिनेमाका लागि केही मुख्य कलाकार हाल छनोटको चरणमा छन् ।
![](http://chitrabhitra-com.us.stackstaging.com/wp-content/uploads/2022/01/final-chapali-height3-1-1-6.jpg)
प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने सिनेमाका प्रस्तुतकर्ता साजित महत हुन् । विक्रम तामाङ कार्यकारी निर्माता रहेको सिनेमामा हिमाल केसीको द्धन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ । पारिवारिक प्रेम कथामा आधारित रहने सिनेमाको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुन् । सिनेमाको प्रोडक्सन कन्ट्रोलरमा शंकर बस्नेत र राम कार्की छन्