Close sidebar

चलचित्र ‘प्रेम गीत ३’को प्रदर्शन मिती पुनः स्थगित

पुस २०, २०७८

नेपालगन्ज – चलचित्र ‘प्रेमगीत ३’ को प्रदर्शन मिति अनिश्चित समयको लागि स्थगित भएको छ । निर्माता सन्तोष सेनले सोमबार राती स्टाटस लेख्दै कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण फिल्मको प्रदर्शन मिती स्थगन गर्नु परेको बताएका छन् ।

प्रदीप खड्का स्टारर चलचित्र प्रेम गीत ३ लाई फागुन १३ गते रिलिज गर्ने तयारी थियो । चलचित्रलाई हिन्दीमा डव गरेर भारतमा समेत प्रदर्शन गर्ने तयारीमा निर्माण समुह थियो । भारतमा कोभिड संक्रमणमा भएको वृद्धिको कारण फिल्म हलहरु बन्द भएकाले यस्तो निणर्य गर्नुपरेको उनले जनाएका छन् ।

‘भारत बजारका वितरक समुहले दिएको सल्लाह सुझावलाई मनन् गर्दै सिनेमा घरहरु बन्द हुने क्रम बढेको हुनाले नेपाल, भारत अथवा विश्वभरी अलग अलग मितीमा प्रदर्शन नगरी एक साथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले हामी नअत्तालिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै र त्यो गहकिलो प्रस्ताव लाई स्विकार गर्दै अनिश्चित कालको लागी प्रदर्शन मिती स्थगित गरेका छौ‘ निर्माता सेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया