भारतको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को रिलिज स्थगित भएको छ । एसएस राजामौली निर्देशित उक्त फिल्मको आगामी शुक्रबार रिलिज तय थियो । निर्देशक राजामौलीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको कारण सिनेमा हलहरु बन्द हुने अवस्था आएकोले फिल्मको रिलिज सरेको जानकारी दिएका छन् ।

ट्रे़ड एनालिस्ट तरण आदर्शले ट्वीटमार्फत ‘आरआरआर’को रिलिज मिति सरेको जनाएका छन् । अब कुनै उपयुक्त मितिमा फिल्म रिलिज गरिने बताईएको छ ।