नेपालगन्ज– सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको नयाँ नेपाली चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ । टिजरमा मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ ।

चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । उनले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा चलचित्रमा प्रस्तुत गरेको बताएका छन् । दिन्शले यसअघि ‘बालकृष्ण सम: अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव ९किम्फ० संगै थाइल्यान्ड, अमेरिका, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो । चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेश बाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । चलचित्रको सह-निर्मातामा भने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् ।
चलचित्रमा दिन्शले लेखन, निर्देशनसंगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । चलचित्रमा संगीत भने अजर जंगमको रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने चलचित्रमा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।