Close sidebar

२०२२ लाई स्वागत गर्दै आज मेरो प्लानेट नेपालगन्जमा भव्य सांगीतिक कार्यक्रम

पुस १६, २०७८

नेपालगन्ज – नेपालगन्ज बालेगाउँस्थित मेरो प्लानेटले अङ्ग्रेजी नयाँ बर्ष २०२२ लाई स्वागत गर्दै आज २०२१ काे अन्तिम दिन न्यू ईयर ईभ कार्यक्रम ” द स्माईल पोजिटिभ : भर्जन २ ” को आयोजना गरेको छ । साँझ ६ बजेपछि सुरु हुने भनिएको बिशेष सांस्कृतिक कार्यक्रममा चर्चित गायक तथा संगीतकार काली प्रसाद बास्कोटा , चर्चित गायिका इन्दिरा जोशीको साथमा भारतबाट आएका इन्डियन आइडल फेम गायिका वैशाली राइकवार र द सोनेट व्याण्डले लाईभ प्रस्तुती दिने छन् साथमा रोयल डान्स ग्रुपको आकर्षक नृत्यका प्रस्तुती पनि समावेश गरिनेछ । कार्यक्रम होस्ट यस क्षेत्रका चर्चित प्रस्तोता समिर मान श्रेष्ठ र रामचन्द्रले गर्दैछन् । कार्यक्रमको सोसल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी , मिडिया पार्टनर दैनिक नेपालगन्ज , साउण्ड पार्टनर राहुल इभेण्टस्, आइएसपी पार्टनर सुपरभिजन , डिजिटल पार्टनर अलराउन्डर तथा स्पोन्सरहरुमा टुबोर्ग , सिग्नेचर र कान्तिपुर इलेक्ट्रोनिक्स रहेको छ ।

प्रवेश शुल्क प्रति व्यक्ति रु १०२२ राखिएको छ । त्यस्तै रु २०२२ मा सिङ्गल र ‘कपल’ लाई रु ३५२२ तोकिएको टिकटमा एकपटक वेलकम ड्रिंक्स फ्रि (अलकोहल वा नन् अलकोहल) र बुफे डिनर अनलिमिटेड व्यवस्था गरिएको छ ।मेरो प्लानेटका जनरल मेनेजर पदम सुवेदीका अनुसार नयाँ वर्षलाई स्वागत गर्न चाहनेहरूको लागि यो कार्यक्रम गत वर्ष झैं यादगार साबित हुनेछ । मेरो प्लानेटले वर्षभरि नै पर्ने फरक अवसर र पर्वहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको र यसलाई निरन्तरता दिइरहने मेरो प्लानेटका मेनेजिङ्ग डाइरेक्टर ओम मिश्राले बताए ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया