Close sidebar

‘रमझम साँझ’का लागि अमेरिका पुगे प्रकाश सपुत

पुस ११, २०७८

नेपालगन्ज – ‘गलबन्दी’ गायक प्रकाश सपुत अमेरिका पुगेका छन् । यही डिसेम्वर २६ तारिखमा नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाले आयोजना गर्ने ‘रमझम साँझ 2021’ का लागि सपुत अमेरिका पुगेका छन् ।

निर्देशक दिपाश्री निरौला कार्यक्रमका लागि त्यहाँ पुगि सकेकी छिन् । दिपाश्री र प्रकाश सँगै मोडल एवं निर्देशक शंकर विसी, वरिष्ठ गायक रविन शर्मा, द् भ्वइस अफ नेपाल सिजन ३ का विजेता किरण गज्मेर, गायक भगवान भण्डारी, गायिका अन्जना गुरुङ, गायिका शान्ति भण्डारी, गायिका रेश्मा गुरुङले कार्यक्रममा प्रस्तुती दिनेछन् । उनीहरुसँगै नृत्यंगना गीता राई, गायक उदय भट्टराई, गायक लक्ष्मण पौडेलको पनि कार्यक्रममा प्रस्तुती हेर्न सकिनेछ ।

कार्यक्रमको सञ्चालन भने निर्देशक सुरेश दर्पण पोखरेल र विक्की पुलामीले गर्नेछन् । कार्यक्रम सभ्य र भव्य हुनेमा नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष निशा सुनारले विश्वास व्याक्त गरिन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया