नेपालगन्ज – अभिनेत्री वर्षा सिवाकोटीले टेलिभिजन कार्यक्रम ‘रजतपट’ विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छिन् । उनले आफ्नो व्यक्तिगत जिन्दगीमा घोचपेच गरेको भन्दै प्रकाश सुवेदी र रजतपट कार्यक्रमविरुद्ध उजुरी दिएकी हुन् । उजुरीलगत्तै सुवेदीले आफ्नो कार्यक्रम बन्द गर्ने घोषणा गरेका छन् ।
उजुरी परेपछी सुवेदीले सय भागसम्म सञ्चालन गरेर कार्यक्रम बन्द गर्ने कार्यक्रममार्फत जानकारी दिएकी छन् । रजतपटमा सुवेदीले वर्षाको प्रेम सम्बन्धसँगै हालै किनेको अपार्टमेन्टको विषयमा एक रिपोर्ट बनाएका थिए ।
त्यसका लागि वर्षाले सुवेदीलाई एक शुभचिन्तक घटेको बताउँदै अझै घरको कागज नि दिन्छु पुरै रिपोर्ट बनाउनुस् भन्दै म्यासेज गरेको रजतपटमा स्क्रिनसट समेत देखाइएको थियो । यस अघिसमेत सुवेदीविरुद्ध केही अभिनेत्रीहरूले समेत उजुरी दिएका थिए ।